नागरिक लगानी कोषमा कार्यकारी निर्देशक लागि दरखास्त आव्हान, शैक्षिक योग्यता कति ?
काठमाडौँ । नागरिक लगानी कोषले कार्यकारी निर्देशक पदको लागि दरखास्त आवेदन खुला गरेको छ । कोषको कार्यकारी निर्देशक छनौट तथा सिफारिस समितिले २१ दिनभित्र दरखास्त आह्वान गरेको हो ।
जसका लागि शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा उपर्युक्त कार्यविधिको दफा ६ बमोजिमको व्यावसायिक कार्ययोजना खामबन्दी गरी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पेश गर्नुपर्नेछ ।
अबको २१ दिनभित्र प्राप्त भएका आवेदनहरुबाट पहिलो चरणमा बढीमा पाँच जनाको छनोट गरी दोस्रो चरणमा सहभागी गराइने छ । दोस्रो चरणबाट उपयुक्त तीन जना उम्मेदवारको छनोट गरी सिफारिस समितिले अर्थ मन्त्रालय समक्षा सिफारिस गर्नेछ ।
सूचना