गणपति लघुवित्तको ४० लाख मुनाफा गायब, अधिकांश सूचकमा ओरालो यात्रा « Arthapath.com
२३ कार्तिक २०८०, बिहीबार

गणपति लघुवित्तको ४० लाख मुनाफा गायब, अधिकांश सूचकमा ओरालो यात्रा



काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार कम्पनीको नाफामा भारी गिरावट आएको हो ।

यसअवधिमा कम्पनीको मुनाफा ५८.२० प्रतिशतले घटेर २८ लाख ८१ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ६८ लाख ९२ हजार रुपैयाँ रहेको छ । यसअवधिमा कम्पनीको ४० लाख ११ हजार रुपैयाँ गायब भएको छ ।

असार मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २०.२३ प्रतिशतले घटेर २ करोड ८४ लाख २४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३ करोड ५६ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ९८ लाख ४६ हजार रुपैयाँ संचालन नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा उक्त नाफा ५८.२१ प्रतिशतले घटेर ४१ लाख १५ हजार रुपैयाँमा सिमित भएको छ ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा ८० लाख ३१ हजार रुपैयाँ, चुक्तापूँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ, जगेडा कोष २७.८६ प्रतिशतले बढेर ३ करोड ९१ लाख ७० हजार रुपैयाँ र खराब कर्जा ४.९३ प्रतिशत रहेको छ ।

यसअवधिममा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ १५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्