सेयर बजारमार्फत् सम्पत्ती शुद्धिकरण गरेको भन्दै गुरुप्रसाद न्यौपानेविरुद्ध विशेष अदालतमा पनि मुद्धा « Arthapath.com
१८ असार २०८२, बुधबार

सेयर बजारमार्फत् सम्पत्ती शुद्धिकरण गरेको भन्दै गुरुप्रसाद न्यौपानेविरुद्ध विशेष अदालतमा पनि मुद्धा



२ करोड विगो जफत र ४ करोड जरिवाना सहित कैद सजायँको माग

काठमाडौं । सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले जलविद्युत् उद्यमी भनेर चिनिँदै आएका गुरुप्रसाद न्यौपाने विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले इनसाइडर ट्रेडिङमार्फत् सम्पत्ती शुद्धिकरण निवारण ऐन विरुद्धको काम गरेको भन्दै विभागले गत कात्तिक २३ मा विशेष अदालतमा मुद्धा दर्ता गरेको जानकारी दिएको छ ।

न्यौपाने विरुद्ध विभागले १ करोड ९९ लाख १० हजार २५२ रुपैयाँ विगो दाबी गरेको छ । सम्पत्ती शुद्धिकरणको मुद्दामा विगोको दोब्बर जरिवाना माग गरिएको छ । यसबाहेक कसुरको मात्रा अनुसार कैद सजायँ पनि माग गरिएको छ । सम्पत्ती शुद्धिकरणको अनुसन्धान सुरु भएपछि उनको सम्पत्ति रोक्का राखिएको थियो । त्यही रोक्का सम्पत्तीबाट न्यौपानेले सम्पत्ती अनुसन्धानमार्फत् निःशर्ग गरेको झण्डै २ करोड जफत गर्न पनि भनिएको छ ।

रिडी पावर कम्पनी लिमिटेडको अध्यक्ष हुँदा २०७७ चैत १९ गते २०७८ साउन १८ सम्म न्यौपानेले आफ्नै नाममा गरेको सेयर कारोबारको लगत अध्ययन गर्दा आरोप प्रमाणित हुने आधार देखिएको भन्दै विभागले मुद्दा दर्ता गराएको हो ।

यस क्रममा न्यौपानेलाई सघाउने कुवेरमणि नेपाललाई सहजिकरण र मिलेमतो गरेको आरोपमा न्यौपानेको आधा सजायँ माग गरिएको छ ।

उनी विरुद्ध नेपाल धितोपत्र बोर्डले सेयरको भित्रि कारोबार (इनसाइडर ट्रेडिङ) गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दर्ता गरेको छ ।


प्रतिक्रिया दिनुहोस्