बजारमा तेस्रो सर्किट लाग्दा समेत दुई लघुवित्तसहित पाँच कम्पनीको मूल्य घट्यो « Arthapath.com
३ असार २०८२, मंगलबार

बजारमा तेस्रो सर्किट लाग्दा समेत दुई लघुवित्तसहित पाँच कम्पनीको मूल्य घट्यो



काठमाडौँ । बजारमा आज तेस्रो पटक सर्किट लागेको छ । बजार ६ प्रतिशतले बढेपछि आजका लागि सेयर कारोबार स्थगित भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १११.२० अकंले बढेर १९६३.९८ बिन्दुमा पुगेको हो । ९ मिनेट मात्र खुलेको बजारमा २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता सेयर किनबेच हुदाँ ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।

बजारमा उछाल आउँदा समेत पाँच कम्पनीको सेयर मूल्य भने घटेको छ । आज एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्ड २ को १.९७ प्रतिशत, एनआइबिएल ग्रोथ फण्डको १.८५ प्रतिशत, एनआइबिएल प्रगति फण्डको १.३६ प्रतिशत, उपकार लघुवित्तको ०.४२ प्रतिशत र कालिका लघुवित्तको ०.०५ प्रतिशतले सेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्