एक आपसमा मर्ज हुने प्रस्ताव पारितका लागि श्रृजनशील र मानुषी लघुवित्तले डाके विशेष साधारण सभा

काठमाडौँ । श्रृजनशील र मानुषी लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा बोलाएको छ । दुबैं कम्पनीले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा बोलाएको हो ।
दुबै लघुवित्तले पुष २८ गते बिहान १०ः३० बजे विशेष साधारण सभा बोलाएको हो । श्रृजनशीलले आफ्नो केन्द्रिय कार्यालय, गोलबजार नगरपालिका चोहर्वा, सिराहामा र मानुषीले पुतली घर रिसोर्ट, बनेपा, साँगा, काभ्रेपलाञ्चोकमा सभा बोलाएको हो ।
सभाले मर्जर प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक एवम् सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
सभा प्रयोजनका लागि दुबै लघुवित्तहरुले पुष २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।