सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतमा बहस सकिएको छ ।
शुक्रबारसम्म सो मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित र पीडक दुवैतर्फका वकिलहरुले बहस गरिसकेका छन् ।
सरकारी वकिल र पीडितका वकिलले बहस गरिसकेपछि आरोपित लामिछानेको पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । अदालतका अनुसार आजै साँझसम्म फैसला आउने सम्भावना रहेको छ ।