यू–१९ विश्वकप क्रिकेटका लागि नेपाली टिम घोषणा « Arthapath.com
२० पुष २०८०, शुक्रबार

यू–१९ विश्वकप क्रिकेटका लागि नेपाली टिम घोषणा



काठमाडौँ। आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। आगामी १९ जनावरीदेखि दक्षिण अफ्रिकामा हुने प्रतियोगितामा देव खनालले नेपाली टिमको कप्तानी गर्नेछन्।

यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। विश्वकपमा नेपाल समूह डी मा छ। समूहमा नेपालसँगै पाकिस्तान,अफगानिस्तान र न्युजिल्यान्ड छन्।

नेपालले पहिलो खेल २१ जनावरीमा न्युजिल्यान्डसँग खेल्नेछ। यस्तै २४ जनावरीमा पाकिस्तान र २७ जनावरीमा अफगानिस्तानसँग खेल हुनेछ।


प्रतिक्रिया दिनुहोस्