एनआइसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त

काठमाडौँ । एनआइसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त गरेको छ । कम्पनीको संस्थापक एनआइसी एशिया बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार खड्कालाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाईएको हो ।
पुष १९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि नियुक्त गरेको छ । उक्त पदमा यस अघि सञ्चालक दिनेश भारी संस्थापक समुहमा संस्थापक एनआइसी एशिया बैंक लिमिटेडको तर्पmबाट प्रतिनिधित्व गर्दै आई आएका थिए ।
साथै, नव नियुक्त सञ्चालक खड्काले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । बैंकिङ्ग क्षेत्रमा करीब १० वर्ष देखि कार्यरत रहनु भएका खड्का एनआईसी एशिया बैंक लिमिटेडमा आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखको रुपमा कार्यरत रहनुका साथै पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि थिए । उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।