साढे १४ खर्बको अर्थतन्त्र अनौपचारिक ! जग्गा खरीद सम्पत्ती लुकाउने माध्यम « Arthapath.com
११ माघ २०८०, बिहीबार

साढे १४ खर्बको अर्थतन्त्र अनौपचारिक ! जग्गा खरीद सम्पत्ती लुकाउने माध्यम



काठमाडौं । विहीबार सार्वजनिक एक अध्ययन प्रतिवेदनले नेपालमा १४ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ बराबरको अर्थतन्त्र अहिले पनि मूलधारभन्दा बाहिरै रहेको देखाएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को गणना हुने १७ वटै क्षेत्रको फरक फरक आँकडा प्रस्तुत गरिएको उक्त विवरणले यति ठूलो आकारमा अनौपचारिक अर्थतन्त्र सक्रीय रहेको जनाएको हो ।

त्रिभुवन विश्व विद्यालयको अर्थशास्त्र केन्द्रिय विभागले नेपाल राष्ट्र बैंकको सहयोगमा उक्त अध्ययन गरेको हो । अध्ययनले अनौपचारिक अर्थतन्त्रको आकार ४० देखि ४२ प्रतिशत हाराहारी रहेको भनेको छ । यसमध्ये घरजग्गा कारोबार र यससम्बन्धि गतिविधीमा असाध्यै ठूलो हिस्सा अनौपचारिक रहेको देखाएको छ ।

जीडीपीमा १० प्रतिशत योगदान दिने यो क्षेत्रमा आवास सेवाको उपभोग र घर जग्गाको कारोवार क्षेत्र समेटिएको छ । यस अन्तरगत घरजग्गाको स्वामित्व वा भाडामा दिइएको सम्पत्ति, शुल्क वा सम्झौता, अचल सम्पत्तिका गतिविधिहरू, घरपरिवारले आफ्नो आवासमा बसेर प्राप्त गरेका सेवाहरू समावेश छन् ।

त्यसैगरी, जग्गा कारोवार वा सम्पत्ति अवमूल्यनबाट हुने कर छली पनि ठूलो मात्रामा रहेको अध्ययनको निचोड छ । ‘यो कुरा नेपालमा सामान्य मानिन्छ , अध्ययनमा भनिएको छ, ‘जग्गा खरीदलाई सम्पत्ती लुकाउने माध्यम बनाइएको छ ।’ यसरी लुकाइएको सम्पत्ति अनौपचारिक अर्थतन्त्रमा गणना हुन जान्छ ।

क्षेत्रगत रुपमा अनौपचारिक अर्थतन्त्रको आकार (प्रतिशत)

हाल जीडीपीमा लगभग २५ प्रतिशत योगदान दिइरहेको कृषि, वन र माछापालन क्षेत्रमा पनि ९६ प्रतिशतभन्दा धेरै अर्थतन्त्र अनौपचारिक हालतमा रहेको प्रतिवेदनमा भनिएको छ । कृषि क्षेत्र ९वन र माछा मार्ने समेत० अन्तर्गतका अधिकांश उत्पादन गतिविधिहरू घरपरिवारद्वारा सञ्चालित भएका कारण अनौपचारिक अर्थतन्त्रमा यसको हिस्सा ठूलो देखिएको प्रतिवेदनमा भनिएको छ ।

त्यसपछि तेस्रो ठूलो हिस्सा आवास र खाद्य सेवाहरूको छ । यस क्षेत्रको ५० प्रतिशतभन्दा बढी हिस्सा अनौपचारिक अर्थतन्त्रमा गणना हुने प्रतिवेदनले उल्लेख गरेको छ । घरपरिवारद्वारा सञ्चालित लज तथा चिया पसलहरू धेरै कम मात्रामा सरकारी संस्थामा दर्ता भएका छन् ।

त्रिवि अध्ययन प्रतिवेदन अनुसार पछिल्ला ११ वर्षमा औपचारिक र अनौपचारिक अर्थतन्त्रको तुलना :

(रकम रू. दश लाखमा)

रेस्टुरेन्ट, क्याफेटेरिया, फास्टफूड, टेक(आउट खाने ठाउँ, मोबाइल फुडकार्ट, बजार स्टल खानाका साथै बार, कफी हाउस, चिया पसल जस्ता व्यवसायको ठूलो हिस्सा अर्थतन्त्रको मूलधारमा समाविष्ट हुन सकेको छैन । कुनै पनि सरकारी संस्थामा दर्ता नभएका र घरपरिवारद्वारा सञ्चालित अधिकांश लज तथा चिया पसलहरू र मोबाइल फुड कार्टहरू अनौपचारिक छन्।


प्रतिक्रिया दिनुहोस्