नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले फागुन १ गतेदेखि ‘एनआइएमबी डिबेन्चर २०९०’ निष्कासन गर्दै, कति पाइन्छ व्याज ? « Arthapath.com
२० असार २०८२, शुक्रबार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले फागुन १ गतेदेखि ‘एनआइएमबी डिबेन्चर २०९०’ निष्कासन गर्दै, कति पाइन्छ व्याज ?



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले फागुन १ गतेदेखि ४ अर्व ४ करोडको ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

बैंकले १० वर्षे अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत एनआइएमबी डिबेन्चर २०९०’ निष्कासन गर्न लागेको हो ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ४ अर्ब ४ करोड रुपियाँबराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

जसमध्ये ६० प्रतिशत अर्थात् २ अर्ब ४२ करोड ४० लाख रुपियाँबराबरको २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत रूपमा बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १६ लाख १६ हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।


प्रतिक्रिया दिनुहोस्