मर्जरबाट सिनर्जी प्राप्त गरेको सूर्यज्योति लाइफ, एक महिनामै दियो ९ कराेड भुक्तानी « Arthapath.com
८ फाल्गुन २०८०, मंगलवार

मर्जरबाट सिनर्जी प्राप्त गरेको सूर्यज्योति लाइफ, एक महिनामै दियो ९ कराेड भुक्तानी



काठमाडौं । मर्जरको सिनर्जी प्राप्त गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्स बीमित मैत्री देखिएको छ । एकै महिनामा कम्पनीले करिब ९ कराेड रुपैयाँ दाबी भुक्तानी दिएको हो ।

नेपाली जीवन बीमा बजारमा अब्बल रुपमा स्थापित कम्पनीले छोटो समयमै सो बराबरको दाबी भुक्तानी गरेको हो । माघ महिनामा मात्रै कम्पनीले ८ कराेड ८१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको हो । कम्पनीका अनुसार माघमा १९५ वटा बीमालेखको दाबी भुक्तानी गरेको हो ।

चालु आर्थिक वर्षको ७ महिनामा भने कम्पनीले करिब ४४ करोड दाबी भुक्तानी दिएको छ । माघ मसान्तसम्ममा कम्पनीले ४३ करोड ९१ करोड रुपैयाँ भुक्तानी गरेको हो । सो अवधिमा कम्पनीले १ हजार १४४ वटा बीमालेखमा सो बराबरको भुक्तानी गरेको कम्पनीले जनाएको छ।

चालु आवको दोस्रो त्रैमासमा पनि कम्पनीले खुद नाफा ६२.९३ प्रतिशत बढाएको छ । समिक्षा अवधिमा कम्पनीले २३ करोड ६६ लाख ३० हजार रुपैयाँ नाफा कमाएको हो । यस्तै, कम्पनीले आफ्नो व्यवसायमा पनि फराकिलो रुपमा वृद्धि गरेको छ।

गत वर्षको दोस्रो त्रैमासमा २ अर्ब ५४ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले यो वर्षको सोही अवधिमा भने ६३.५८ प्रतिशत बढाएको छ । चालु आवको ६ महिनामा कम्पनीले ४ अर्ब १५ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्