शतप्रतिशत राइट सेयर जारी गर्न राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनलाई अनुमति
काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएको हो ।
कम्पनीको हाल ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ चुक्ता पुँजी रहेको छ । सोही पुँजीमा १०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीलाई १ बराबरका १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न आयोगले अनुमति दिएको हो ।
हकप्रद पश्चात यसको पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।