सेबोन अध्यक्ष बन्न किन अनिच्छुक भए शिवराज श्रेष्ठ ? « Arthapath.com
३० फाल्गुन २०८०, बुधबार

सेबोन अध्यक्ष बन्न किन अनिच्छुक भए शिवराज श्रेष्ठ ?



काठमाडौं । यसअघि नेपाल धितोपत्र बोर्ड(सेबोन)को भावि अध्यक्ष बन्ने सर्वाधिक प्रबल दाबेदार मानिएका शिवराज श्रेष्ठले अन्ततः उक्त पदमा आवेदन नै दिएनन् । यसलाई लिएर धेरैले आश्चर्य मानेका छन् ।

केही महिनायता उनलाई सेबोन अध्यक्ष बन्न बलियो राजनीतिक ‘ब्याकअप’ जुटेको खबरहरु आएका थिए । नेपाल राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नर श्रेष्ठले पनि आफूलाई भीष्मराज ढुंगानाको निलम्बन लगत्तैदेखि उक्त पद सम्हाल्न ‘अफर’ आएको बताए ।

यस पल्ट पनि उनलाई सेबोन अध्यक्ष बन्न सुझावहरु प्राप्त भएको उनले अर्थपथलाई बताए । तर आफ्नो ओहोदाको ख्याल गर्दै त्यस पदमा जान अनिच्छा रहेको उनले सुनाए । ‘म राष्ट्र बैंकको डेपुटी गभर्नर भइसकेको व्यक्ति हूँ । यो नेपाल सरकारको सचिव सरहको पद हो’ उनले भने, ‘त्योभन्दा तल्लो बरियताको सेबोन अध्यक्ष बन्न मेरो कुनै रुची छैन ।’

उनले बरु १३ महिनापछि खालि हुने राष्ट्र बैंककै गभर्नर वा महालेखा परीक्षकजस्ता कुनै संवैधानिक अंगमा जान उचित हुने बताए । ‘अहिले पनि धेरै सञ्चार माध्यमले मेरो नाम जोडेर सेबोन अध्यक्षमा आवेदन दिएको लेखेका छन्’ उनले भने, ‘त्यसमा कुनै सत्यता छैन । मैले यो पदमा आवेदन दिएको छैन ।’


प्रतिक्रिया दिनुहोस्