५ वर्षे विपद व्यवस्थापन रणनीतिक योजना तर्जुमा गर्दै महानगरपालिका « Arthapath.com
१ चैत्र २०८०, बिहीबार

५ वर्षे विपद व्यवस्थापन रणनीतिक योजना तर्जुमा गर्दै महानगरपालिका



काठमाडौं । काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन विभागले ५ वर्षे रणनीतिक योजना तर्जुमा गर्ने भएको छ ।

सहरी विपद जोखिम न्युनीकरणका लागि पूर्वतयारी, विपदको समयमा गर्नु पर्ने व्यवस्थापनका काम र विपदपछिको पुनस्र्थापना, पुनर्लाभका लागि वडा र समुदायस्तरीय क्षमता विकास, आन्तरिक र साझेदारबिचको समन्वय योजनामा समेटिनेछन् ।

यसबाट सुरक्षित सहर निर्माणमा योगदान पुग्नेछ । विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले भने,‘सहरको मौलिकता र आधुनिक विकासको चरणलाई सन्तुलित गर्दै सहरलाई सुरक्षित बनाउन सहभागितामूलक संयन्त्र निर्माण गरिनेछ ।’


प्रतिक्रिया दिनुहोस्