कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक ! « Arthapath.com
९ चैत्र २०८०, शुक्रबार

कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक !



काठमाडौं । कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता प्रवद्र्धन र उद्यमीहरूलाई सशक्तिकरण गर्न महत्वपूर्ण कदम चालेको छ । प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल तथा बरिष्ठ कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले आफ्नो वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक एकैँसाथ सार्वजनिक गरेको हो ।

बैंकिङ्ग सेवाहरूको विवेकपूर्ण उपयोगलाई प्रवद्र्धन गर्न गहिरो ध्यान केन्द्रित गर्दै, भिडीयो श्रृंखलाले व्यवसाय व्यवस्थापन, नगद प्रवाह व्यवस्थापन, बैंकिङ्ग सुरक्षा र सही खाताहरू कायम राख्ने जस्ता अत्यावश्यक विषयहरूमा जोड दिएको छ । बैंकले भिडीयो श्रृंखला र पुस्तक मार्फत बैंकिङ्ग सेवाको प्रयोग, व्यवसाय सुरु र सञ्चालन गर्ने प्रकृया, बैंकिङ्ग सुरक्षा जस्ता धेरै विषयवस्तुमा केन्द्रीत गरेको छ ।

उक्त भिडीयो श्रृंखला र पुस्तक शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामिण क्षेत्रमा आधारित साना तथा मझौला व्यवसायहरुलाई पनि ठुलो टेवा पुग्ने तथा यसबाट व्यवसायीहरुले लाभ उठाउन सक्ने देखिन्छ । भिडीयो श्रृंखलामा दीपाश्री निरौला, दमन रुपाखेती, शिव शंकर रिजाल लगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ भने उहाँहरुको संलग्नताले ‘वित्तिय साक्षरता अभियान’ रचनात्मक बनाएको छ ।

उक्त कार्यक्रममा बैंकका सिइओ खनालले वित्तीय साक्षरता र उद्यमशीलतालाई बढावा दिन कुमारी सो कदम चालेको बताए । पुस्तक र भिडीयो श्रृंखलाले व्यक्तिहरूलाई, विशेष गरी नव उद्यमीहरू, साना व्यवसायी आदिलाई शिक्षित र सशक्तिकरण गर्न टेवा पुर्याउने उनको विश्वास छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको ।


प्रतिक्रिया दिनुहोस्