दोहोरो अंकले बढ्यो सेयर बजार, साढे २ अर्बको कारोबार « Arthapath.com
१६ बैशाख २०८१, आईतवार

दोहोरो अंकले बढ्यो सेयर बजार, साढे २ अर्बको कारोबार



काठमाडौं- साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १४.३३ अंकले बढेर बजार १९८०.२७ बिन्दुमा पुगेको छ।

कारोबार अवधिभर ३०८ कम्पनीको ६८ लाख ७८ हजार १५९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६८ करोड २५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ।

१७९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

यस दिन व्यापार समूहबाहेक अन्य उपसमूहको सेयर मूल्य बढेको छ ।

आज फाइनान्स समूह सबैभन्दा धेरै ३.९८ प्रतिशत बढ्यो । विकास बैंक समूह २.२३ प्रतिशत, माइक्रोफाइनान्स १.४१ प्रतिशत, निर्जीवन बीमा समूहको १.०६ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन ०.७७ प्रतिशत, लगानी समूह ०.४५ प्रतिशत, हाइड्रोपावर ०.४३ प्रतिशत, जीवन बीमा समूह ०.७२ प्रतिशत, बैंकिङ ०.२४ र उत्पादन समूह ०.०७ प्रतिशत बढेको छ ।

व्यापार समूह ०.३४ प्रतिशत घटेको छ ।


प्रतिक्रिया दिनुहोस्