आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादनको उपभोग बढाउन जरुरी छ: अध्यक्ष अग्रवाल « Arthapath.com
२५ बैशाख २०८१, मंगलवार

आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादनको उपभोग बढाउन जरुरी छ: अध्यक्ष अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आत्मनिर्भर अर्थतन्त्र, उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि स्वदेशी उद्योगी व्यवसायीहरूलाई प्रोत्साहन गर्दै स्वदेशी उपभोग बढाउन जरुरी रहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघले मंगलबार आयोजना गरेको ‘मेक इन नेपाल स्वदेशी समिट २०२४’ को उद्घाटन समारोहमा बोल्दै यस्तो बताएका हुन् ।

अग्रवालले आगमी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्न आग्रह गरेका छन् । चालु आर्थिक वर्षको बजेट भाषणमा २० प्रतिशतसम्म महंगो भए पनि नेपाली वस्तुको उपभोग गर्नुपर्ने प्रावधान कायम गरिए पनि हालसम्म उक्त व्यवस्था लागू हुन नसकेको भन्दै दुखेसो समेत पोखे ।

स्वदेशी वस्तुको उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उच्च लक्ष्यका साथ अगाडि बढिरहेको ‘मेक इन नेपाल’ स्वदेशी अभियानमा १३५ उद्योगहरू आवद्ध भइसकेको उनले बताए । स्वदेशी अभियानमा जोडिएका उद्योगहरूलाई नेपाल उद्योग परिसंघले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय माध्यम प्योगा गरेर बजारीकरण र नेटवर्किङमा सहयोग पुर्याउँदै आइरहेको उनले जानकारी दिए ।

”सन् २०२१ अन्त्यबाट सुरू गरिएको स्वदेशी उत्पादनको प्रवर्द्धन कार्यक्रम ‘मेक इन नेपाल’ स्वदेशी अभियानले पहिचान मात्र बनाएको छैन । यसले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ठोस् काम गर्न सरकार, निजि क्षेत्र एवं सरोकारवालाहरूलाई झकझक्याइरहेको छ । यो महाभियानमार्फत दिगो लक्ष्य हासिल गर्न सरकार एव निजि क्षेत्रबीच आपसी समन्वय र सहकार्यबाट मात्र सम्भव छ । यो अभियान सोही दिशामा अघि बढिरहेको छ’ उनले भने ।

उनले नयाँ आर्थिक वर्षबाट नेपालमा विद्यमान अनेक थरिका करलाई एकीकृत गर्दै सीमित प्रकारका कर आयकर, भन्सार, अन्तःशुल्क तथा मूल्यअभिवृद्धि कर मात्र रहने गरी व्यवस्था कायम गर्न परिसंघले आग्रह गरेको बताए। मूल्य अभिवृद्धि करको बहुदर बनाइ यस करमा आवद्ध हुनुपर्ने न्युनतम कारोबारको सीमालाई समेत कम गरी सबै करदातालाई करमा आवद्ध गर्न जरुरी रहेको उल्लेख गरे।

स्वदेशी वस्तुको अधिकतम प्रयोगका लागि प्रोत्साहन गर्ने नीतिले अर्थतन्त्रलाई बलियो बनाउने उनकाे भनाइ छ।कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न सरकार तयार रहेको प्रतिबद्धता जाहेर गरे । ‘स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न हामी तयार छौँ । आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको छ ” उनले भने ।

नेपाल सरकार र उद्योग परिसंघको समझदारीमा आयोजित मेक इन नेपाल स्वदेशी अभियानले नेपाललाई स्वावलम्बी, आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्रको रूपमा विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । कानुनी उल्झनका कारण लगानीमैत्री वातावरण पनि पनि बताए ।

कार्यक्रमका अर्का बक्ता राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष डाक्टर विश्व पौडेलले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्