सिटिजन लाइफको लाभांश रद्द, सेयर कारोबार पनि रोक्का « Arthapath.com
२५ बैशाख २०८१, मंगलवार

सिटिजन लाइफको लाभांश रद्द, सेयर कारोबार पनि रोक्का



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अन्तरिम लाभांश रद्द गरेको छ । कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि प्रस्ताव गरेको कुल २८.४०४३४६९८ प्रतिशत लाभांश रद्द गर्ने निर्णय गरेको हो ।

कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी ३ अर्ब ९३ करोड रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस सेयर र १.४२०२२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २८.४०४३४६९८ प्रतिशत लाभांश वितरणको अन्तरिम लाभांश घोषणा गरेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लेकम्पनीको सेयर कारोबार रोकेको छ । कम्पनीले पटक पटक लाभांशको सूचना परिवर्तन गरेर लगानीकर्ताहरूलाई दुविधा गरेको भन्दै नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।


प्रतिक्रिया दिनुहोस्