सेयर बजारमा झिनो वृद्धि, कारोबार रकम घट्यो « Arthapath.com
२५ बैशाख २०८१, मंगलवार

सेयर बजारमा झिनो वृद्धि, कारोबार रकम घट्यो



काठमाडौं । साताको तेस्रो कराबर दिन मंगलबार सेयर बजारमा झिनो वृद्धि देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २.०६ प्रतिशतले बढेको हो । योसँगै नेप्से परिसूचक १९६०.८१ बिन्दुमा उक्लिएको छ ।

कारोबार अवधिभर ३१४ कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १४ करोड ५ लाख २ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ । सोमबार २ अर्ब ८९ करोड १३ लाख १९ हजार रूपैयाँको कारोबार भएको थियो ।

पछिल्लो समय सेयर बजारले गति लिन सकेको छैन । लगानीकर्ताले आफ्नो मनोबल बढाउन सकेका छैनन् । उनीहरूको अझै पर्ख र हेरको अवस्थामा छन् ।

कुल १३ उपसूचकमध्ये ४ वटा सूचक मात्र बढेको छन् । बाँकी ९ उपसूचकमा रातो पोतिएको छ ।

आज विकास बैंक, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र अन्य समूहको सेयर मूल्य बढेको छ ।

कारोबार भएमध्ये १२० कम्पनीको सेयरमूल्य बढेको छ भने ११४ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

हिमालयन लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । इन्फिनिटी लघुवित्त, समता घरेलु लघुवित्त, सबैको लघुवित्त लगायत कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ ।

बोटलर्स नेपाल तराई, सीवाईसी नेपाल लघुवित्त, माउन्टेन हाइड्रो नेपाल लगायत कम्पनीको सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्