९८ प्रतिशतको घरमा बिजुली, डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गरिने « Arthapath.com
१ जेष्ठ २०८१, मंगलवार

९८ प्रतिशतको घरमा बिजुली, डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गरिने



काठमाडौं । सरकारले कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच पुगेको दाबी गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेस गरेको नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको जानकारी दिएका हुन् ।

नेपालमा हालसम्म २ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन थालेको उनले बताए ।

नीति तथा कार्यक्रममार्फत आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने सरकारको तयारी रहेको समेत उनले सुनाए।


प्रतिक्रिया दिनुहोस्