यस्तो छ आगामी बजेटलाई चन्द्र ढकालको १३८ सुझाव « Arthapath.com
२ जेष्ठ २०८१, बुधबार

यस्तो छ आगामी बजेटलाई चन्द्र ढकालको १३८ सुझाव



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई सम्बोधन गरेको बताएका छन् । आर्थिक वर्ष २०८१/८२ को पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा सरकारले ल्याएको नीति तथा कार्यक्रम निजी क्षेत्रलाई प्रोत्साहन हुने गरी आएको बताए ।

आगामी बजेटले पनि अहिलेका मूलभूत समस्या सम्बोधन गरि दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्न रुपान्तरणकारी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

उनी भन्छन्, निजी क्षेत्र त्यसको केन्द्रविन्दुमा हुनुपर्छ । त्यसलाई हामीले नयाँ चरणको आर्थिक सुधार अभियान भनेका छौं । आर्थिक रुपान्तरणका लागि निजी क्षेत्र प्रवर्द्धन विशेष योजनामार्फत सुधार थालिनुपर्छ ।’

बजेटको आकार बढाउँदा राजश्व र आन्तरिक ऋण बढाउनुपर्ने चाप सरकारमा पर्ने भन्दो बजेटको आकार नबढाउन समेत उनले सुझाव दिएका छन् ।

आयात प्रतिस्थापन र उत्पादनमुलुक उद्योगलाई ५ वर्ससम्म ५० प्रतिशत विद्युत महसुल छुट दिनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष ढकालले मौद्रिक र वित्त नीतिबीच तालमेल हुनुपर्ने बताए । तिनै तहमा लाग्ने कर फरक भए पनि बुझाउनुपर्ने ठाउँ एउटै हुनुपर्ने उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा धेरै कर्जा गएको बताउँदै उनले बैंक र निजी क्षेत्रले व्यवसायीको मनोबल बढाउने काममा बढी जोड दिनुपर्ने बताए ।

यस्तै उनले जलविद्युत आयोजनामा ५० प्रतिशत छुटको व्यवस्थालाई निरन्तरता दिनुपर्ने, खनिज र नदिजन्य पदार्थ निर्यातको व्यवस्थालाई बजेटमा स्पष्ट पार्नुपर्ने, नेपाली सिमेन्ट उद्योगले सिमेन्ट निर्यात गर्न थालेकाले सडक बाटो पनि ढलान गर्ने व्यवस्था गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्