२१ सयमाथि उक्लियो सेयर बजार, फाइनान्समा झुम्मिए लगानीकर्ता

काठमाडौं । मंगलबार सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको छ । आज सेयर बजार २१ सय बिन्दुबाट माथि उक्लिएको छ ।
मंगलबार सेयर बजार मापक नेप्से परिसूचक २३.९४ अंक बढेर २११५.९४ विन्दुमा उक्लिएको छ। आइतबार यता सेयर बजारमा रौनकता देखिएको छ
आज करिबर रकममा भने थोरै गिरावट देखिएको छ । यस दिन ५ अर्ब २० करोड ६२ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार अवधिभर ३१७ कम्पनीको एक करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर खरिदबिक्री भएको छ ।
विकास बैंक र व्यापार समूहमा रातो पोतिंदा फाइनान्स समूहमा ३.५५ प्रतिशतको उछाल आएको छ । होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, म्युचुअल फण्ड, व्यापार र अन्य समूहको सेयर मूल्य पनि बढेको छ ।
आज जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्तबुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यी ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज शाइन रेसुंगा डेभलपमेन्ट, सृभगवती हाइड्रोपावर, रिभर फल्स लगायत कम्पनीको सेयर मूल्यमा सर्वाधिक गिरावट आएको छ ।
सोमबार कारोबारमा आएकामध्ये १९४ कम्पनीको सेयर मूल्य बढ्दा ४३ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर छ।