रुपन्देहीको थाइरो ल्यावमा कामना सेवा विकास बैकका ग्राहकलाई विशेष छुट « Arthapath.com
२८ असार २०८२, शनिबार

रुपन्देहीको थाइरो ल्यावमा कामना सेवा विकास बैकका ग्राहकलाई विशेष छुट



काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित थाइरो ल्याव बुटवल प्रा.लि.सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

अब बैंकका ग्राहकहरुले उक्त ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त ल्याबमा बैंकका ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्