एसईई दिने र एनजीमा परेका विद्यार्थीलाई खुशीको खबर, निशुल्क अनलाइन कक्षा संचालन गर्दै दास स्मृति प्रतिस्ठान « Arthapath.com
१६ असार २०८१, आईतवार

एसईई दिने र एनजीमा परेका विद्यार्थीलाई खुशीको खबर, निशुल्क अनलाइन कक्षा संचालन गर्दै दास स्मृति प्रतिस्ठान



काठमाडौं । दास स्मृति प्रतिस्ठानले निःशुल्क अनलाइन कक्षा संचालन गर्ने भएको छ ।

प्रतिस्ठानले विशेषगरि एसईई परीक्षाबाट ननग्रेडिङ (एनजी) मा परेका विद्याथीहरुका लागि निशुल्क कक्षा संचालन गर्न लागेको हो । यसका साथै आगामी वर्षमा हुने एसईई परिक्षामा सहभागी हुने विद्यार्थीहरुका लागि पनि अनलाइन कक्षा संचालन गर्ने भएको हो ।

दास स्मृति प्रतिस्ठान नुवाकोटको लिखु गाउँपालिकाको ढिकुरे स्थायी घर भएका स्वर्गीय दासलाल श्रेष्ठको नाममा स्थापित सामाजिक संस्था हो । प्रतिस्ठानले एम्बिसन गुरुसँगको सहकार्यमा कक्षा संचालन गर्न लागको हो ।

कुनै पनि विद्यालय वा विद्यार्थीहरुसँग शुल्क नलिएरै कक्षा संचालन गर्न लागिएको पूर्णलाल श्रेष्ठले जानकारी दिए ।

उनले भने,‘सामुदायिक विद्यालयको नतिजा थप निराशाजनक छ । यसले विभिन्न नकरात्मक परिस्थितिहरु उत्पन्न पनि गरेको छ । आगामी दिनमा यस्तो परिस्थिति नदोहोरियोस् भनेर हामीले प्रतिस्ठान मार्फत निशुल्क अनलाइन कक्षा संचालन गर्न लागेका हौं ।’


प्रतिक्रिया दिनुहोस्