नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झालाई एक हप्ता थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति « Arthapath.com
१६ असार २०८१, आईतवार

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झालाई एक हप्ता थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको बेचन झालाई एक हप्ता थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले झालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका झालाई गत शुक्रबार पक्राउ गरिएको थियो । आइतबार अदालतमा उपस्थित गराइएको थियो ।


प्रतिक्रिया दिनुहोस्