नक्कली सुनको मूर्ति देखाई ३० लाख ठगी गर्ने ५ जना पक्राउ, १४ लाख बरामद « Arthapath.com
१७ असार २०८१, सोमबार

नक्कली सुनको मूर्ति देखाई ३० लाख ठगी गर्ने ५ जना पक्राउ, १४ लाख बरामद



काठमाडौं । नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने ५ जना व्यक्तिलाई प्रहरी पक्राउ गरेको छ । नक्कली सुनको मूर्ति देखाएर ३० लाख रुपैयाँ ठगी गरेको भन्दै भारतीय नागरिकसहित ५ जनालाई प्रहरीले पक्राउ गरको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग काडाँघारीको संयुक्त प्रहरी टोलिले भारतको उडिशा राजइ केन्दैवडा घर भई काठमाडौंको कमलपोखरी बस्ने कलाकार दास, म्याग्दीका ६४ वर्षीय क्षेत्र बहादुर शाही, धादिङ निलकण्ठका दिपक थापा, दाङका बसन्त चौधरी र काठमाडौंका रविन महर्जनलाई पक्राउ गरेको हो ।

उनीहरुको साथ नक्कली सुनको बुद्धको मूर्ति एक थान र नगद १४ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। उनीलाई प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्