लाभांश प्रस्ताव पारित गर्न नेशनल लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा « Arthapath.com
८ श्रावण २०८१, मंगलवार

लाभांश प्रस्ताव पारित गर्न नेशनल लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा



काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको ३६ औं वार्षिक साधारणसभा भदौ ७ गते केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान साढे १० बजे सुरू हुनेछ ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ५० करोड ११ लाख ६६ हजार रुपैयाँ नगद लाभांश, ४ प्रतिशत अर्थात् २० करोड ४ लाख ६६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ३ करोड ६९ लाख २८ हजार रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको छ ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले आगामी साउन २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, साउन २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्