‘सनराइज फर्स्ट म्युचुअल फण्ड’ र ‘सनराइज फोकस्ड इक्विटी फण्ड’ को लाभांश घोषणा
काठमाडौं । ‘सनराइज फर्स्ट म्युचुअल फण्ड’ र ‘सनराइज फोकस्ड इक्विटी फण्ड’ले लाभांश घोषणा गरेका छन् । लक्ष्मी सनराइज क्यापिटको व्यवस्थापनमा रहेका दुई फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीलाई प्रतिफल वितरण गर्ने भएका हुन् ।
“सनराइज फस्ट म्युचल फण्ड” का इकाईधनीहरुले कर सहित १२.५ प्रतिशत प्रतिफल र “सनराइज फोकस्ड इक्विटी फण्ड” का इकाईधनीहरुले कर सहित ४.५ प्रतिशत प्रतिफल पाउने भएका छन् ।