पोखराबाट काठमाडौं आउँदै गरेको कैलाश एयरको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको कैलाश एयरको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण गरेको छ ।
पोखराको मणिपाल अस्पतालबाट बिरामी बोकेर काठमाडौं आउँदै हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण गरेको हो । मौसम खराब भएपछि धादिङको थाक्रेको धानबारीमा आकस्मिक अवतरण गरेको हो ।