आईएमई लाइफ इन्स्योरेन्सको डेपुटी सीईओद्वय अमात्य र पौडेलले सम्हाले कार्यभार

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) द्वयमा दिनेश अमात्य र खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ । दिनेश अमात्यले मिति २०८१ श्रावण १ गते देखी र खिलेन्द्र पौडेलेले मिति २०८१ भाद्र ५ गते देखी उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।
खिलेन्द्र पौडेल आई.एम.ई. लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदबाट बिदा भई आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीमा प्रवेश गरेका हुन् । कम्पनीको उप प्रमुख कार्यकरी अधिकृतमा नियुक्त हुनु अघि दिनेश अमात्य कम्पनीको नायव महाप्रबन्धक पदमा कार्यरत थिए । जीवन बीमा व्यवसायबाट नै बीमा क्षेत्रमा प्रवेश गरेका अमात्यले तत्कालीन सूर्य लाइफ इन्स्योरेन्समा पनि स्थापना वर्ष २०६५ साल देख २०७४ सम्म काम गरेका थिए । उनले सहायक महाप्रबन्धक पदबाट सूर्य लाइफबाट बिदा भई आइ.एम.ई. लाइफ इन्स्योरेन्समा सहायक महाप्रबन्धक पदमा प्रवेश गरेका थिए ।
अमात्य आई.एम.ई. लाइफ इन्स्योरेन्सको स्थापना वर्ष २०७४ देखि नै कम्पनीको प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत थिए ।
उप प्रमुख कार्यकारी अधिकृत अमात्यसँग कार्यालय प्रशासनको साथै बीमालेख विकास, जोखिमाड्ढन, पुनर्बीमा, बीमाड्ढी मूल्याड्ढन, दाबी व्यवस्थापन, बीमालेख सेवामा तिन दशक भन्दा लामो कार्य अनुभव रहेको छ । उनले त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका छन् ।
त्यस्तै, आई.एम.ई. लिमिटेडको स्थापना देखिनै विभिन्न जिम्मेवारीमा रहेका खिलेन्द्र पौडेल, रेमिटेन्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशिय कारोबारमा दख्खल राख्छन् ।