उपदान तथा पेन्सन कोषमा रहेको ८७ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक « Arthapath.com
१५ आश्विन २०८१, मंगलवार

उपदान तथा पेन्सन कोषमा रहेको ८७ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले ८७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेकोे सो बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्न लागेको हो ।

आगामी आगामी कात्तिक ४ गते देखि लागू हुनेगरी २०८२ बैशाख ६ गतेसम्म १८१ दिनका लागि मुद्दती निक्षेपका रूपमा जम्मा लागेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ६९ करोड ६० लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा १३ करोड ५ लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ४ करोड ३५ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ ।

राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी असोज १८ गते बेलुका ७ बजेसम्म बोलकबोल पेश गनु पर्नेछ ।

Pension-and-Gratuity-fund-investment-notice-2081.07.04-pdf


प्रतिक्रिया दिनुहोस्