नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह, लगानी सहजीकरणमा महासंघले सघाउने
काठमडौं । नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य वन्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताएका छन् ।
पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारत लगायत बिकसित मुलुकमा प्राप्त भन्साररहीत पहुँच एवं उर्जा खरिद बिक्रि सम्झौता लगायतका कारण आकर्षण बन्ने उनको भनाई छ ।
अमेरिकाको वासिंगटनमा युएस चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा नेपाली र विदेशी बजार समेतलाई हेरेर नेपालमा लगानी गर्न अध्यक्ष ढकालले आग्रह गरेका छन् । उनले नेपालमा उत्पादन गरि यहाँको बजारसंगै विश्व बजारमा बिक्रि गर्न सकिने सम्भावना तर्पm लगानीकर्ताको ध्यानाकर्षण गराए ।
यसैगरि भारतसंग भएको दश हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसंगको समझदारीले जलविद्युतमा अपार सम्भावना देखिएको जानकारी पनि अमेरिकी लगानीकर्ताहरुलाई दिए ।
नेपालमा प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकहरुलाई आकर्षित गर्ने बताउँदै पर्यटन पुर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आव्हान गरे । संसारको सबैभन्दा बढि जनसंख्या रहेको भारतीय सिमाबाट औसत दुइ घण्टाको दुरीमा शीतल र स्वस्थ वातावरण सहितको हिलस्टेसन बिकास गर्न सकिने सम्भावना गानीकर्ताहरुलाई देखाए ।
लगानी सहजीकरणका लागि महासंघले एफडिआइ हेल्प डेस्क स्थापना गरेको जानकारी दिंदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई आश्वस्त पारे । महासंघले एफडिआइ हेल्पडेस्क मार्पmत सहजीकरण गरिरहेको छ ।
नेपालमा पर्याप्त विदेशी मुद्राको संचिति रहेको बताए । अध्यक्ष ढकालले लगानीको जोखिम न्युन हुँदै गएको बताए । साथै सरकारले कानुन सुधार र द्धिपक्षीय लगानी सम्झौताको खाका तयार पारेको पनि उनले जानकारी गराए । अध्यक्ष ढकाल विश्व बैंकको बार्षिक वैठकमा सहभागि हुने क्रममा वासिंगटनमा छ । यसअघि उनले अन्तराष्टिय वित्त निगमका उच्च अधिकारीहरुसंग पनि भेटघाट गरेका थिए ।