फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस कति ? « Arthapath.com
१४ कार्तिक २०८१, बुधबार

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस कति ?



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ । संस्थाको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट ९.४७ प्रतिशत बोनस दिने निर्णय गरेको हो ।

संस्थाले ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि ) दिने भएको हो ।

नेपाल राष्ट्र बैकले स्वीकृति दिएपछि आगामी साधरणसभाले प्रस्ताव पारित गरेपछि सेयरधनीहरुले बोनस सेयर पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्