पूर्व राजाको स्वागतमा र्‍याली आयोजना हुने भएपछि बढाइयो काठमाडौँमा सुरक्षा सतर्कता « Arthapath.com
२५ फाल्गुन २०८१, आईतवार

पूर्व राजाको स्वागतमा र्‍याली आयोजना हुने भएपछि बढाइयो काठमाडौँमा सुरक्षा सतर्कता



काठमाडौँ । राजसंस्था पक्षधर राजनीतिक दल र विभिन्न समूहले आइतवार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने तयारी गरिरहँदा काठमाण्डूमा सुरक्षा सतर्कता बढाइएको अधिकारीहरूले बताएका छन्।

केही दिनयता विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आएका शाह आइतवार दिउँसो पोखराबाट काठमाण्डू फर्किन लागेका हुन्।

उक्त कार्यक्रमका क्रममा कुनै अवाञ्छित गतिविधि वा अप्रिय घटना हुन नदिने हिसाबले सामान्य दिनको भन्दा सुरक्षा व्यवस्था कडा पारिएको प्रशासन र प्रहरीले बताएका छन्।

आयोजकहरूले पूर्वराजा शाहको स्वागतमा ठूलो सङ्ख्यामा मानिसहरू उपस्थित हुन लागेको जनाएका छन्।

स्वागत र्‍याली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट गौशाला, चावहिल, सुकेधारा, महाराजगञ्ज हुँदै निर्मल निवास पुग्ने बताइएको छ ।

त्यसअघि दिउँसो १ बजेबाटै कोटेश्वर र गौशाला वरपर भेला हुन थाल्ने र त्यहाँबाट बाजागाजा, सांस्कृतिक झाकीहरूसहित विमानस्थलको गेटसम्म पुग्ने आयोजक राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ ।

शाहको स्वागतमा पूर्वराजाका शुच्छेक, समर्थकहरू सहभागी हुने भएकाले ट्राफिक व्यवस्थापनमा समेत असर पर्छ। त्यस कारण वैकल्पिक रूटहरुको प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

आवागमनमा अवरोध, पक्षविपक्षबीच झडप हुन सक्ने थ्रेट हामीले महसुस गरेर नेपाल प्रहरीका मात्र १,१३४ जना प्रहरी परिचालन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्