ग्लोबल टेक जायन्ट जेडटिइ पुन: नेपाल आउने तयारी

काठमाडौं। ग्लोबल टेक जायन्ट जेडटिइ नेपालमा पुन: प्रवेश गर्ने तयारी गर्दैछ । अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्स भएका स्मार्ट फोनहरूको साथ जेडटिइ नेपालमा आउने तयारी गरिरहेको हो ।
कम्पनीले बजार व्यवस्थापनको लागि शंकर ग्रुपसँग सहकार्य गर्दै आधिकारिक वितरकको रुपमा पनि शंकर ग्रुपलाई नियुक्त गरेको छ ।
जेडटिइ नेपालका लागि कुनै नौलो नाम होइन । कम्पनीलेसन्२००५ मा नेपाल टेलिकमसँग मिलेर नेपालमा नै पहिलो पटक मोबाइल डाटा सेवा ल्याई इतिहास रचिसकेको कम्पनीले सन् २०१६मा ब्लेड एस्सिक्स, ब्लेड डि टु र ब्लेड डि थ्री जस्ता बजेट–फ्रेन्डली स्मार्ट फोनहरूमार्फत नेपाली टेक प्रेमीहरूको मन जित्न सफल भएको थियो ।
यस पटक जेडटिइ ब्लेड र जेडटिइ नुबिया सिरिज अन्तर्गत ५ वटा स्मार्टफोनहरू नेपाली बजारमा ल्याइँदै छन् । जसअन्तर्गत जेडटिइ ब्लेड ए७५ ले ९० हर्जको डिस्प्ले र एआइ क्यामराको साथ उत्कृष्ट अनुभव प्रदान गर्नेछ । त्यस्तै, हाई–स्पीड, दमदार ब्याट्री र प्रो–लेभल फोटोग्राफी सहित नुबिया भि७० म्याक्स आउँदै छ ।
साथै जेडटिइ ब्लेड ए ३५ इ, जेडटिइ ब्लेड ए ५५, र नुबिया भि ७० डिजाइन जस्ता शक्तिशाली स्मार्ट फोनहरू पनि आकर्षक विशेषता सहित नेपाली बजारमा प्रवेश गर्दैछन्।
यी नयाँ स्मार्ट फोनहरूमा शक्तिशाली प्रोसेसर, लामो ब्याट्री लाइफ, र एआइ फिचरहरू समावेश छन् । उत्कृष्ट फोटोग्राफी, सहज मल्टि टास्किङ, र इमर्सिभ गेमिङ अनुभव चाहने प्रयोग कर्ताहरूका लागि जेडटिइका यी नयाँ स्मार्ट फोनहरू उपयुक्त विकल्प बन्नेछन्।