सानिमा रिलायन्सको साधारणसभाबाट लाभांश पारित

काठमाडाैँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले २०८०/०८१ को आठौं वार्षिक साधारण सभा चैत्र ८गते शुक्रबार अनमोल बैंक्वेट, नयाँ बानेश्वर, काठमाडाैँमा सम्पन्न गरेकाे छ । कम्पनीका अध्यक्ष रतन लालकेडियाको अध्यक्षतामा सञ्चालन भएको साधारणसभामा सभाध्यक्षले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेश गरेका हुन् ।
कम्पनीको आठौं वार्षिक साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आथिर्क वर्ष २०८०/८१ काे वार्षिक प्रतिवेदनसहित सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको आथिर्क वर्ष ०८०/८१ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ ।
साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी रु.४ अर्ब ९५ करोड ३० लाख ६५ हजार २ सय २४ रूपैयाँको ८ प्रतिशतका दरले हुने रकम रु ३९ करोड ६२ लाख ५४ हजार २ सय १८ मात्र बराबरको नगद लाभाशं बोनस सेयर तथा नगद लाभाशंमा लाग्ने करसहित वितरण गर्ने साथै विद्यमान चुक्ता पूँजीको १.२४८९ प्रतिशतका दरले हुने रकम रु.६ करोड १८ लाख ५८ हजार ८सय ३२ बराबरको बोनस सेयर वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गरेको छ ।
बोनस सेयर तथा नगद लाभाश वितरण पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी र चुक्ता पूँजी वृद्धि गरि रु ५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ पुर्याउने र सोहि बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी आथिर्क वर्ष ०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ ।
त्यसैगरी कम्पनीका रजिष्टर्ड कार्यालय काठमाडाैँ महानगरपालिका १०, नयाँ बानेश्वरबाट परिवर्तन गरि वडा नं ०१, नक्साल कायम गरि सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
मन्तव्यकै क्रममा कम्पनीका अध्यक्षले यस कम्पनिको मूल्य मान्यता एवंम अवलम्बन गरिएको कुशल व्यवसायीक नीति संस्थागत सुशासनको सफल कार्यान्वयन तथा कम्पनिमा कार्यरत दक्ष जनशक्तिको कार्यदक्षताले सर्वसाधारण सेवाग्राही बीच आफ्नो पृथक पहिचान स्थापित गर्न हामी प्रतिबद्ध रहेको जानकारी गराए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कम्पनीले गुणस्तरीय तथा विश्वसनीय व्यवसायको सम्पूर्ण परिसुचकहरुमा निरन्तर वृद्धि गरी आएको र आगामी वर्षहरुमा पनि यस कम्पनीलाई गुणस्तरीय तथा दिर्घकालिन व्यवसाय माफर्त जीवन बीमा क्षेत्रमा अलग पहिचान दिलाउने अथक प्रयास रहेको जानकारी गराए । मर्जरमा आएका चुनौतिहरुलाई धैर्यतापूर्वक व्यवस्थापन गर्दै कम्पनीलाई एक सबल, सक्षम कम्पनीको रुपमा सञ्चालन गर्दै आइरहेको व्यहोरा उल्लेख गरे ।
कम्पनीको आठौं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेका सम्पूर्ण शेयरधनीहरु, उपस्थित अतिथीगण तथा सम्पूर्ण नियमनकारी निकायहरु कम्पनी रजिष्ट्रर कार्यालय, नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्ड लगायतलाई धन्यवाद ज्ञापन गरी सभाध्यक्षबाट साधारणसभा समापन भयो ।