पानस हर्वल उद्योगका प्रोडक्ट बजारमा लोकप्रिय

काठमाण्डौ । जडिबुटीजन्य प्रोडक्टहरु उत्पादन गर्दै आइरहेको पानस हर्वल उद्योगले पछिल्लो समय ब्लाक वयल, केश रानी र मसाज वयल जस्ता उपभोक्तामैत्री उत्पादनहरु बजारमा ल्याएको छ ।
अत्यन्त अग्र्यानिक प्रोडक्टहरु ल्याइरहेको पानसका ती उत्पादनहरुले बजारमा राम्रो छाप छोड्न सफल भएको कम्पनीले जनाएको छ । पानसको पछिल्लो उत्पादन ब्लाक वयल कपाल झर्न रोक्न, कपालमा भएका चाँया हटाउन र कसै–कसैलाई कपाल समेत उम्रान सफल भएको कम्पनीले जनाएको छ । ४५ वटा अग्र्यानिक जडिबुटीबाट बनेको यो तेल बजारमा माग बढीरहेको कम्पनीले बताएको छ । सो तेललाई विदेशबाट पनि अर्डर आइरहेको कम्पनीका प्रबन्ध निर्देशकले बताएका छन् ।
त्यस्तै पानसको अर्को हर्वल उत्पादन ‘केश रानी’ खासगरी कपाल उम्रान मद्धत गर्ने प्रोडक्ट भएको कम्पनीले बताएको छ उक्त प्रोडक्टले कपाल झर्न पनि रोक्ने र कपालको सुन्दरता बढाउने छ । यो प्रोडक्ट प्रयोग गर्ने धेरै मानिसहरु सन्तुष्ट रहेको कम्पनीले बताएको छ ।
प्रबन्ध निर्देशक एन.के भुषालले भने ‘हाम्रा प्रोडक्टहरुको ग्राहक प्रतिक्रिया राम्रो छ । हामी औषधी ब्यवस्था विभागमा दर्ता भएको कम्पनी पनि हौं । हामी यि प्रोडक्टहरुको बृहत उत्पादनमा अब जान्छौ’ ।पानसको मसाज वयल पनि बजारमा त्यत्तिकै लोकप्रिय रहेको छ ।
जसले शरिरको सम्पुर्ण जोर्नी दुखाइ, बाथरोगको दुखाइ, युरिक एसिडको दुखाई, मासंपेशीको दुखाई, नसाा झमझम गर्ने समस्या लगायतमा महत्वपुर्ण काम गर्दै आएको छ । शरिरका धेरै समस्याहरुमा मसाज वयल फलदायी हुने भुषालले बताए । यस कम्पनीको उत्पादन बाँके जिल्लाबाट हुँदै आएको छ भने बजार प्रबद्धनको काम चाबहीलमा रहेको कर्पोरेट कार्यालयबाट हुँदै आइरहेको भुसालले बताए ।