नयाँ वर्षको अवसरमा गरिमा विकास बैंकका ग्राहकहरुलाई दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट

काठमाडौँ । गरिमा विकास बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी गरिमा विकास बैंक र दराज बीच सम्झौता सम्पन्न भएको छ ।
नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी बैंकले यो छुट योजना सार्वजनिक गरेको हो । यस छुट योजना अन्तर्गत गरिमा बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरुले दराजको बेवसाईट वा मोबाईल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम मूल्य ७५० सम्म र डेविट कार्ड होल्डर ग्राहकहरुले १० प्रतिशत वा अधिकतम मूल्य ५०० सम्म छुट प्राप्त गर्नेछन् ।
छुट योजना २०८१ चैत्र २२ गतेदेखि सुरु भई ३१ गतेसम्म लागू हुनेछ । गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरुले यस योजना सुरु भएपश्चात दराजको बेवसाईट वा मोबाईल एपमा उपलब्ध हुने यस विकास बैंकको नाँउको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् । हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।