आज मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति गर्ने सम्भावना « Arthapath.com
२५ चैत्र २०८१, सोमबार

आज मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति गर्ने सम्भावना



काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैँछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ ।

बिमेस्टक सम्मेलन, थाइल्याण्डवाट प्रधानमन्त्री फर्किए पछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । आजको मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ सकिएपछि राष्ट्र बैंक नेतृत्वबिहीन छ ।

यद्यपि मन्त्रिपरिषद बैठकको एजेन्डा भने खुलाइएको छैन ।


प्रतिक्रिया दिनुहोस्