सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा संखुवासभा र भोजपुरमा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न « Arthapath.com
२५ चैत्र २०८१, सोमबार

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा संखुवासभा र भोजपुरमा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न



काठमाडाैं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले संखुवासभाकाे पाँचखपन नगरपालिकामा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता तथा पाँचखपन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाको प्रमुख आतिथ्यता संचालन गरिएको थियो ।

कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कृषि तथा पशुपक्षी विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपंक्षी बीमा प्रकृया ,दावी समबन्धमा, साथै कृषि बीमाको नयाँ सफ्टवेयर र अभिकर्ता प्रविधिकको कृषि बीमामा आवश्यक भुमिका बारे महत्वपूर्ण जानकारी गराए ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मणीराम खतिवडाले प्रत्येक किसानलाई बीमासँग आवद्द गराउनुपर्ने र साथै पालीकाले पनि आवश्यक सहजीकरण गर्दै लैजाने बताए ।

संखुवासभामा र्निजिवन बीमाको अवस्था र आवश्यक्ताका बारेमा बोल्दै कम्पनीका कोशि प्रदेश प्रमुख नारायण गौतमले कम्पनीले बीमाको दायरा बढाई थप बिस्तार गरेर किसानको पहूँच सम्म पुर्‍याउने काम कम्पनिले गर्ने बताए ।

कार्यक्रममा नगरपालिका कृषि तथा पशु प्रविधिक, अन्य कर्मचारीहरु, सहकारी प्रतिनिधि तथा अगूवा कृषकहरु गरी जम्मा ५३ जना उपस्थिती रहेको थियाे ।

यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीले भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका वडा नं. १ मा पनि कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त कार्यक्रममा कोशी प्रदेश प्रमुख नारायण गौतम, वडा नं. १ का वडा अध्यक्ष राजेन्द्र कुमार तामाङ्ग, सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कृषि विभाग प्रमुख उमेश ढकाल लगायतले आ आफ्नो मन्तव्य राखेका थिए ।




प्रतिक्रिया दिनुहोस्