भक्तपुरमा नयाँ वर्ष लक्षित आधुनिक सुविधा सम्पन्न ‘द इन्फिनिटी लाउन्ज’ सञ्चालनमा

काठमाडाैं । भक्तपुरको पेप्सीकोला, दिबेश्वरी टाउन प्लानिङ्गमा आधुनिक लाउन्ज चैत्र ३१ गते देखि सञ्चालनमा आएको छ। यसमा लाइभ कन्सर्ट हुने लगायत रेस्टुरेन्ट,बार र क्लबमा हुने डान्सिङ फ्लोर समेत को सुविधा रहेको बढीमा ५००० जना एकै साथ सहभागी हुने क्षमता भएको लाउन्ज नयाँ वर्षको सुरुवात सँगै सञ्चालनमा आएको हाे।
चैत्र ३१ गते देखि २०८१ लाई विदाई गर्दै नयाँ वर्षको सुरुवात गर्न राजु लामा सहितको टीम मंगोलियन हर्टले लाइभ कन्सर्ट हुँदै छ। साथै १ गते देखि विभिन्न बैन्ड हरुको लाइभ प्रोग्राम हुने जनाइएको छ।
आन्तरिक तथा बाह्य पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको आतिथ्यता प्रदान गर्ने गरी लाउन्ज सञ्चालनमा ल्याइएको जनाइएको छ। आधुनिक डिजाइनमा निर्माण भएको लाउन्जमा प्रयाप्त पार्किङ, रेस्टुरेन्ट,बार र डान्सिङहलको सुविधा उपलब्ध छ ।
यस लाउन्जमा एकै साथ ६५० जना बस्न मिल्ने र बढीमा ५००० जना डान्सिङ फ्लोर ,लाइभ कन्सर्ट र अन्य कार्यक्रममा सहभागी हुन सक्ने जनाइएको छ।