सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा २ अर्ब भन्दा बढी दावी भुक्तानी, बाढीको मात्र ८७ करोड « Arthapath.com
३१ चैत्र २०८१, आईतवार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा २ अर्ब भन्दा बढी दावी भुक्तानी, बाढीको मात्र ८७ करोड



काठमाडाैं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को हालसम्म ११,३८२ वटा दाबि फर्स्यौट गरी जम्मा २ अर्ब ९ करोड १० लाख रूपैयाँ दाबि भुक्तानी गरेको छ।

उल्लेखित दाबि रकम मध्ये ८७ करोड ३१ लाख रूपैयाँ गत आश्विन महिनामा परेको अविरल वर्षाले गर्दा आएको बाढी पहिरोको कारणले पर्न आएको दाबि भुक्तानी गरेको छ भने बाँकि १ अर्ब २१ करोड ७९ लाख रूपैयाँ कम्पनीमा भइपरि आउने अन्य दैनिक दाबिहरु अन्तर्गत भुक्तानी गरिएको छ।

यस आर्थिक वर्षमा हालसम्म जम्मा १२,३८८ वटा दाबी परेको छ। कम्पनीले भुक्तानी हुन बाँकि रहेका दाबिहरु शिघ्र फर्स्यौटका लागि हर सम्भव प्रयास गरिरहेको र बिमितबाट आवश्यक कागजात प्राप्त नहुँदा बाँकि दाबि भुक्तानी गर्न ढिलाई भएको भन्दै सम्बन्धित बिमित हरुलाई आफ्नो दाबिसँग सम्बन्धित कागजात क्षती मुल्यांकनका लागी खटाईएका सर्भेयर, कम्पनीको देशैभरी रहेका शाखा कार्यालय, प्रदेश कार्यालय वा प्रधान कार्यालयमा सम्पर्क गरी शिघ्र कागजात पेश गर्नका लागी समेत अनुरोध गरेकाे छ।


प्रतिक्रिया दिनुहोस्