आजदेखि सङ्घीय संसद्को अधिवेशन सुरु, प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

आजदेखि सङ्घीय संसद्को अधिवेशन सुरु, प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने



काठमाडौं । आज अर्थात् बैशाख १२ गते शुक्रबारदेखि संघीय संसद्को दुवै सदनको बर्खे अधिवेशन सुरु हुँदैछ ।

दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्र रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान सम्वन्धी पत्रको व्यहोरो सुनाउने छन् ।

कार्यसूची अनुसार राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषदको गठन र कार्यभार थप लगायतका व्यहोरा पनि सुनाइनेछ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्नेछन् । व्यवस्थापन कार्यतर्फ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यक्रम छ ।

पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा मन्तव्य व्यक्त गर्न समय दिइने कार्यसूचीछ ।


प्रतिक्रिया दिनुहोस्