नेपाल मोबाइल वितरक संघ (एनएमडिए) का नवनिर्वाचित पदाधिकारीहरूलाई एमपिआइएद्वारा बधाई तथा स्वागत « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

नेपाल मोबाइल वितरक संघ (एनएमडिए) का नवनिर्वाचित पदाधिकारीहरूलाई एमपिआइएद्वारा बधाई तथा स्वागत



काठमाडौं । मोबाइल फोन इम्पोर्टर्स एशोसिएशन (एमपिआइए) ले नेपाल मोबाइल वितरक संघ (एनएमडिए) का नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ।

एमपिआइए का अध्यक्ष दीपक कुमार मल्होत्राले एनएमडिएका नवनिर्वाचित अध्यक्ष रघु त्रिपाठीसहित सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन्। साथै, दुई कार्यकालसम्म एनएमडिए को नेतृत्व सफलता साथ सम्हालेका निवर्तमान अध्यक्ष दिनेश चुल्याद्योलाई पनि धन्यवाद तथा प्रशंसा प्रकट गर्दै उनको योगदानको उच्च मूल्याङ्कन गरेका छन्।

अध्यक्ष मल्होत्राले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को प्रभावकारी कार्यान्वयनमा एमपिआइए, एनएमडिए र नेपाल मोबाइल व्यवसायी महासंघ (एफएनएमबिए) बीच सहकार्यलाई अझ सशक्त बनाउँदै सुरक्षित, व्यवस्थित र मर्यादित मोबाइल व्यवसाय वातावरण निर्माणमा जोड दिए। उनले उपभोक्तालाई गुणस्तरीय सेवा र सुविधा सुनिश्चित गर्नु नै सबैको साझा लक्ष्य हुनुपर्ने धारणा राखेका छन्।

एमपिआइएका उपाध्यक्ष संजय अग्रवालले मोबाइल क्षेत्रमा व्याप्त असुरक्षित उधारो कारोबारलाई नियन्त्रणमा ल्याउन र अबैध मोबाइल आयातलाई रोक्न तत्कालीन आवश्यकता रहेको विचार व्यक्त गरे।

एनएमडिएका नवनिर्वाचित अध्यक्ष रघु त्रिपाठीले एमपिआइए र एनएमडिए बीच आगामी दिनमा अझ सुदृढ समन्वयका साथ मोबाइल व्यवसायको प्रवद्र्धन र व्यवसायिक शुद्धता कायम राख्न आफ्नो प्रतिबद्धता जनाए ।

उनले मोबाइल बजारमा देखा परेका चुनौतीहरू र भविष्यका सम्भावनाहरूको चर्चा गर्दै सहकार्यमै सम्भावनाको मार्ग खुल्ने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्