बौद्धिक सम्पत्ति सुरक्षामा नीतिगत सुधारको आवश्यकता : उद्योग मन्त्री भण्डारी « Arthapath.com
१३ बैशाख २०८२, शनिबार

बौद्धिक सम्पत्ति सुरक्षामा नीतिगत सुधारको आवश्यकता : उद्योग मन्त्री भण्डारी



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बौद्धिक सम्पत्ति सुरक्षाको लागि नीतिगत सुधार गर्नुपर्ने बताएका छन् ।

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रतिलिपि अधिकार राजिष्टारको कार्यालयद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले बौद्धिक सम्पत्ति र मौलिक कला संस्कृतिहरूको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले प्रतिलिपि अधिकारको सुरक्षामा सरकारले भूमिका निर्वाह गर्ने बताए ।

बौद्धिक सम्पत्ति संरक्षणका विषयमा जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउँदै उनले नेपालका मौलिक तथा सांस्कृतिक परम्पराहरूको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

देशको गहनाका रूपमा चिनिने नेपाली सर्जकहरूले गरेका सृजनाको चोरी गरी आफ्ना नामबाट प्रकाशन-प्रसारण गर्नेलाई सरकारले कारबाही गर्ने बताए । उनले नेपालका पुराना लोक कला संस्कृति, मौलिक ज्ञान, सङ्गीत कला र सिर्जनाको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले बौद्धिक सम्पत्ति दुरुपयोगका विषयमा सम्बन्धित व्यक्तिहरू नै अनविज्ञ रहेको हुनु नै समस्याको विषय भएको बताए । उनले यस सम्बन्धीका पुराना कानुनहरू संशोधन गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्