सेयर बजारको ओरालो यात्रामा आज पनि निरन्तरता

काठमाडौँ । सेयरको ओरालो यात्राले आज निरन्तरता पाएको छ । यसदिन नेप्से परिसूचक १.१८ अकंले घटेर २६२२.६५ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २४ करोडको सेयर कारोबार भएको हो ।
यसदिन ८ उपसूचक राताम्य भएका छन् । आज सर्वाधिक फाइनान्स समूहको सेयर १.३५ प्रतिशतले घटेको छ । आइतबार ११७ कम्पनीको शेयर मूल्य बढ्दा १२८ कम्पनीको घटेको हो ।