यस वर्ष ६६१ परियोजनालाई स्टार्टअप कर्जा वितरण गरिने « Arthapath.com
२३ बैशाख २०८२, मंगलवार

यस वर्ष ६६१ परियोजनालाई स्टार्टअप कर्जा वितरण गरिने



चालु आर्थिक वर्ष २०८१/८२ मा ६६१ परियोजना स्टार्टअप उद्यम कर्जाको लागि छनोट भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सोमबार स्टार्टअप उद्यम कर्जा पाउने ६६१ परियोजनाको अन्तिम नाम सिफारिस गरेको हो ।

कर्जाका लागि सिफारिस भएका उद्यमीले ४५ दिनभित्र तोकिएका बैंकको शाखा कार्यालयमा सम्पर्क नगर परियोजना प्रस्ताव र सिफारिस रकम स्वतः रद्द हुने प्रतिष्ठानले जनाएको छ।

कुन उद्यमी कुन बैंकको कुन शाखामा जाने भन्ने सूचना आगामी बिहीबारसम्म प्रकाशन गरिने प्रतिष्ठानद्वारा जारी सूचनामा उल्लेख छ।

चालु आवको बजेटमार्फत स्टार्टअप उद्यम कर्जा वितरणका लागि एक अर्ब रुपियाँ विनियोजन गरिएको थियो । सोही अनुसार समितिले मापदण्ड पूरा गरेका परियोजनालाई कर्जा वितरणका लागि सिफारिस गरेको हो ।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ अनुसार यस वर्ष कर्जा प्राप्त गर्न पाँच हजार १५८ परियोजनाको प्रस्ताव परेको थियो ।

त्यसमध्ये प्रारम्भिक सूचीमा परेका एक हजार ३१४ परियोजनामध्ये तोकिएका मापदण्ड पूरा गरेका ६६१ वटा परियोजनालाई कर्जाका लागि सिफारिस गरिएको समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्