सुदूरपश्चिमका स्थानीय तहका कर्मचारीहरु आन्दोलित, पालिका तथा वडा कार्यालयको सेवा प्रभावित « Arthapath.com
३० बैशाख २०८२, मंगलवार

सुदूरपश्चिमका स्थानीय तहका कर्मचारीहरु आन्दोलित, पालिका तथा वडा कार्यालयको सेवा प्रभावित



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय सेवा ऐन जारी गर भन्दै स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएपछि पालिका तथा वडा कार्यालयको सेवा प्रभावित भएको छ ।

सुदूरपश्चिम प्रदेशका अन्य स्थानीय तहजस्तै बैतडीका १० वटै स्थानीय तहमा कर्मचारीहरुले अत्यावश्यक बाहेकका सेवा अवरुद्ध गरेका छन् । कर्मचारीहरु आइतबारदेखी कार्यालयमा तालावन्दी गरेर आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीहरु आन्दोलित भएपछि नगरपालिका कार्यालयमा आएर सेवाग्राही काम नभइ फर्किएको पाटन नगरपालिका(४ का हरिष भट्टले बताएका छन् । पुर्चौडी नगरपालिकामा कर्मचारीले तालाबन्दी गरेर आन्दोलनमा उत्रेपछि सेवा प्रभावित भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताए ।

स्थानीय सेवा ऐन नल्याउँदा कर्मचारीहरुको वृति विकासमा असर परेको कर्मचारीहरुको गुनासो छ । देश संघीय संरचना गईसकेपछि ६ ओटा प्रदेशले स्थानीय सेवा ऐन जारी गरेर लागू गरिसक्दा समेत सुदूरपश्चिममा ऐन नआउँदा समस्या भएको सूर्नया गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्दले बताउनुभयो ।

स्थानीय सेवा ऐन नल्याउँदा कर्मचारीहरुको वृति विकासमा असर परेको नगरपालिकाका कर्मचारीहरुको गुनासो रहेको छ । देश संघीय संरचना गईसकेपछि ६ ओटा प्रदेशले स्थानीय सेवा ऐन जारी गरेर लागू गरिसक्दा समेत सुदूरपश्चिममा ऐन नआउँदा समस्या भएको सूर्नया गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्दले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्