नेपाल बीमा प्राधिकरणले ५७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफ्नो ५७औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार काठमाडौंको कुपण्डोलमा रहेको केन्द्रिय कार्यालयमा आयोजित रक्तदान कार्यक्रम कार्यालयका कमचारी, बीमक, सर्भेयर तथा अभिकर्ता लगायतको सहभागितामा भव्य रुपमा सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा कर्मचारी, बीमक तथा विभिन्न कर्पोरेट क्षेत्रका सयौं नागरिकहरुले रक्तदान गरेका छन् । साथै, नेपाल बीमा प्राधिकरण प्रादेशिक कार्यालयहरुले समेत विभिन्न कार्यक्रम र रक्तदान गरी ५७औं वार्षिकोत्सव मनाएकाे छ ।
नेपाल बीमा प्राधिकरण कर्मचारी संघका अध्यक्ष दिपक ज्ञवालीले भोलि ३१ गते बिहान काठमाडौंको भद्रकाली मन्दिर हुदै, धरहरा, रत्नपार्क हुदै भृकुटीमण्डपसम्म कार्यक्रमको आयोजना गरेको बताएका छन् ।
साथै, उनले प्रभातफेरी कार्यक्रममा बीमा प्राधिकरणका सम्पूर्ण कर्मचारी, बीमक, अभिकर्ता तथा सर्भेयरहरुलाई उपस्थिती जनाई बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरी दिन आग्रह गरेका छन् ।