रविको प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट मंगलबार सुनुवाइ नसकिए पछि हेर्दाहेर्दैमा राखिएको सो रिट बुधबार सुनुवाइ नहुने भएको छ ।
मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा लामिछानेको रिटमाथि सुनुवाइ भएको थियो । तर, सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा रहेकोले लामिछानेको रिटमा सुनुवाइ नहुने भएको छ । वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले रिट दायर गरेकी थिइन् ।